logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके चयन

    होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके चयन

    897
    SHARES
    होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके चयन

    काठमाण्डौ । होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा दिनेश कुमार चुके सर्वसम्मत चयन भएका छन् । बुधवार चितवनको भरतपुरमा सम्पन्न महासंघको चौथो महाधिवेशनबाट चुके अध्यक्षमा निर्वाचित भएका हुन् ।



     

    यस्तै, वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा (शेरु), प्रशासन (संगठन) उपाध्यक्षमा वीरमञ्जन बटाला चयन भएका छन् भने महासंघको पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् । उप्रेती होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको वर्तमान कार्यसमिति अध्यक्ष समेत हुन् । महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएसँगै उप्रेतीले अब आफूले बागमती प्रदेशको नेतृत्वबाट बिदा लिने बताएका छन् ।

     

    महासंघको अन्य चार उपाध्यक्षमा क्रमशः भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलक बहादुर कार्की, देवी गौतम रविन निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा धनादेवी चोखाल सर्वसम्मत निर्वाचित भएकी छिन् ।

     

    यस्तै, महासचिवमा तुलसीराम भण्डारी (शंकर), उपमहासचिवमा राजेश महोत्रा (क्षेत्री), सचिवमा राजु अधिकारी, कलम बहादुर बम, धनेश्वर भण्डारी, तारा प्रसाद आचार्य (बाबुराम), जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायण बहादुर सेन वली र मित्र प्रसाद ढकाल चयन भएका छन् ।

    यस्तै, कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा सुदिप कुमार श्रेष्ठ चयन भएका छन् भने लेखा संयोजकतर्फ दीपेश सुवेदी र दिल बहादुर खत्री चयन भएका छन् । १ अध्यक्ष, १ निवर्तमान अध्यक्ष, १ वरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, ८ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र दुई लेखा समिति सदस्यसहित ४० केन्द्रीय समिति सदस्य चयन भएका छन् ।

     

    पुस २९ गते चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारीसहित सिङ्गो कार्यसमिति निर्विरोधरुपमा निर्वाचित गरेको हो । साना मझौला तथा तारे होटल व्यवसायीहरू समेत सङ्गठित होटल व्यवसायी महासंघ नेपालमा देशभरिबाट करिब ८० हजार होटेल व्यवसायी आबद्ध छन् भने महासंघमा ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको दाबी छ ।


    अर्थ चाैतारी
  • विहिबार, २१ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट