logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सीडीएससीको ‘डाटा सेन्टर’ हेटौँडामा पनि, ‘मेरो सेयर’को तथ्यांक अब ३ ठाउँमा

    सीडीएससीको ‘डाटा सेन्टर’ हेटौँडामा पनि, ‘मेरो सेयर’को तथ्यांक अब ३ ठाउँमा

    728
    SHARES
    सीडीएससीको ‘डाटा सेन्टर’ हेटौँडामा पनि, ‘मेरो सेयर’को तथ्यांक अब ३ ठाउँमा

    काठमाण्डौ । अहिले सबै सेयर कारोबार डिजिटलाइजेसन भएको छ। सेयर अभौतिकीकरण भएपछि लगानीकर्ताले आफ्नो सेयरको ब्यालेन्स सीडीएससीको ‘मेरो सेयर’मार्फत हेर्ने गर्छन्। तर, जति आधुनिकीकरण भयो, त्यति नै जोखिम पनि बढ्दै गएको हुन्छ।



     

    तिनै जोखिमलाई न्यूनीकरण गर्न भन्दै सीडीएससीले वैकल्पिक डाटा सेन्टर हेटौँडामा पनि राखेको छ। सीडीएससीका प्रवक्ता तथा आईटी प्रमूख सुरेश न्यौपानेका अनुसार हाल सीडीएससीको डाटा सेन्टर सिंहदरबारभित्र राखिएको छ। ‘कुनै कारणवश काठमाण्डौमा भूकम्प, आगलागीजस्ता प्राकृतिक विपत् भएको खण्डमा सम्पूर्ण डाटा नष्ट हुन पनि सक्छ’, न्यौपानेले भने, ‘तिनै जोखिमलाई मध्यनजर गरेर हेटौँडामा डाटा सेन्टर राखिएको हो।’

    यसअघि यस्तो डाटा सेन्टर हेटौँडामा ब्याकअपका रुपमा मात्रै थियो। अब भने हेटौँडाबाटै पूर्ण सेवा दिन मिल्ने गरी डाटा सेन्टर राखिएको न्यौपानेले जानकारी दिए। ‘मेरो सेयरका सम्पूर्ण डाटा अब ३ ठाउँमा हुनेछन्’, उनले भने, ‘सीडीएससीको कार्यालयमा पनि डाटा सेन्टर राखिएको छ।’


    अर्थ चाैतारी
  • मंगलबार, २६ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट