काठमाण्डौ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानलाई मध्यनजर गर्दै उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढाएको छ ।
यस वर्षका लागि उखुको विक्री मूल्य निर्धारण गर्दै प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको हो । त्यस्तै सरकारले उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ बेहोर्ने निर्णय भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यो निर्णयपछि अव किसानले प्रतिक्विन्टल ६१० रुपैयाँ पाउने भएका छन् ।
‘अव किसानले उखुको प्रतिक्विन्टल मूल्य ५ सय ४० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँसहित ६ सय १० रुपैयाँ पाउने छन् । यो निर्णय सरकाले गरेको छ,’ उपप्रधान तथा अर्थमन्त्री पौडेलको भनाइ छ ।
अर्थ चाैतारी ।