logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • डिउटीका बेला ट्राफिक प्रहरीले चालकसहित सेवाग्राहीसँग हात मिलाउन नपाउने

    डिउटीका बेला ट्राफिक प्रहरीले चालकसहित सेवाग्राहीसँग हात मिलाउन नपाउने

    195
    SHARES
    डिउटीका बेला ट्राफिक प्रहरीले चालकसहित सेवाग्राहीसँग हात मिलाउन नपाउने

    काठमाण्डौ । सवारी चालकलगायत अन्य सेवाग्राहीसँग ड्युटीको समयमा हात नमिलाउनू भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका फिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ। कार्यालय मंगलबार ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग र पोष्ट सबैलाई सर्कुलर पठाउँदै यस्तो निदर्शेन दिएको हो।



    सर्कुलरमा ट्राफिक प्रहरीले चेकिङलगायत अन्य ड्युटीको समयमा सवारी चालक र अन्य सेवाग्राहीसँग हात मिलाएका दृश्यहरूबारे सामाजिक सञ्जाल तथा आम नागरिकहरूबाट विभिन्न गुनासो प्राप्त भइरहेको उल्लेख छ ।

    यसैलाई आधार बनाएर अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालकलगायत सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु/गराउनु निर्देशन दिइएको छ।

    यो निर्देशन प्रहरी उपरीक्षक नरेशराज सुवेदीको हस्ताक्षरबाट सबै सम्बद्ध इकाईमा यस्तो सर्कुलर पठँइएको हो ।


    अर्थ चाैतारी
  • बुधबार, १० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट