logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • स्वावलम्बन लघुवित्तको वार्षिकोत्सवमा २० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान

    स्वावलम्बन लघुवित्तको वार्षिकोत्सवमा २० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान

    845
    SHARES
    स्वावलम्बन लघुवित्तको वार्षिकोत्सवमा २० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान

    काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औँ वार्षिकोत्सव एक समारोहबीच काठमाण्डौमा सम्पन्न भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व सञ्चालक समितिकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले गरेका थिए।



     

     

    वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको छ।

     

     

    समारोहको उद्घाटन गर्दै मन्त्री चौधरीले स्वावलम्बन लघुवित्तले उत्कृष्ट वित्तीय संस्थाका रुपमा सदस्यलाई लघुवित्त सेवा पुर्याएको र २२ औँ वार्षकोत्सवले थप उर्जाका साथ कार्यक्षेत्रमा लाग्न शुभकामना दिइन्। लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदाहुँदै पनि हाल लघुवित्त सम्बन्धमा देखिएका गैर कानूनी र नीतिविपरीतका गतिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको उनले बताइन्।

     

     

    लघुवित्त संस्थाहरुको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा वृद्धि भएकोले गुणस्तरीय सेवा प्रवाहका लागि लघुवित्त संस्थाहरु २०–२५ वटामा ल्याई गुणस्तरीय र दिगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न सुझाव उनले दिइन्। समारोहमा सांसद तथा लघुवित्त अभियन्ता लीलानाथ श्रेष्ठले गरिवी न्यूनिकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताए। उनले आजको बिग्रँदो आर्थिक अवस्थामा सुधार ल्याउन लघुवित्तको योगदान रहने बताए।

     

     

    त्यस्तै सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्य अनुरुप चल्न सके लघुवित्तको सार्थकता हुने बताए। उनले लघुवित्तले महिलालाई उद्यमी बनाउँदै रोजगारी सिर्जनामा योगदान पुर्याएको बताए। नेपाल राष्ट्र बैंकका संचालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरिबी निवारणमा पुर्याएको योगदान नजरअन्दाज गर्न नमिल्ने र महिला सशक्तीकरणमा उत्कृष्ट प्लेटफर्म लघुवित्तले प्रदान गरेको बताए। उनले लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छविमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्नु आवश्यक रहेको औँल्याए।

     

     

    संस्थाकी अध्यक्ष डा सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्नेमा बताइन्। लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आबद्ध सदस्यहरुको आयस्तरमा वृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोहीअनुरुप लघुउद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडि बढ्ने उने बताइन्।प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टले समारोहमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै वित्तीय संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४५ शाखा कार्यालयबाट २ लाख ६३ हजार भन्दा बढी घरपरिवारलाई प्रत्यक्ष सेवा पुर्याएको बताउनुभयो।

     

     

    समारोहमा वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरु, संचालक समितिका पूर्वसञ्चालकहरुलगायत २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो। यसका साथै उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरुमध्ये २०७८ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ६ जनालाई नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट