logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला रु २ लाखको आसपासमा पुग्ने अनुमान 

    सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला रु २ लाखको आसपासमा पुग्ने अनुमान 

    806
    SHARES
    सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला रु २ लाखको आसपासमा पुग्ने अनुमान 

    काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ।



    लगातार बढिरहेको सुनको मूल्य आज मंगलबार हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो।

    यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो। आज सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा छ सय रुपैयाँ बढी हो।

    अघिल्लो कारोबार दिन अर्थात् सोमबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    गत पुसको पहिलो साता सिंगापुरका केही विश्लेषकहरूले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरे। अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३० डलरमा कारोबार भइरहेको छ। नेपालमा प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

    सिंगापुरमा मुख्यालय रहेको स्विस एसिया क्यापिटलका प्रबन्ध निर्देशक तथा चिफ इन्भेस्टमेन्ट अफिसर यर्ग काइनरले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस दुई हजार पाँच सयदेखि चार हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसीले उल्लेख गरेको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन। नेपालमा रहेका सुनचाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्। नेपालमा प्रतितोला सुनको मुल्य रु २ लाखको आसपासमा पुग्ने अनुमान गरिएको जनाइएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट