logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • कालिञ्चोक दर्शनको आईपीओ यहि साता बाँडफाँट हुने, करिब ९० हजारले मात्रै पाउने

    कालिञ्चोक दर्शनको आईपीओ यहि साता बाँडफाँट हुने, करिब ९० हजारले मात्रै पाउने

    832
    SHARES
    कालिञ्चोक दर्शनको आईपीओ यहि साता बाँडफाँट हुने, करिब ९० हजारले मात्रै पाउने

    काठमाण्डाै । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयर यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले यहि साता शेयर बाँडफाँट हुने जनाएको हो ।



     

    बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट दुई÷दिन भित्रै प्रिअलटमेन्ट सकाएर यहि साता शेयर बाँडफाँट गर्ने जनाएको हो । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

     

    त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाउनेछन् ।


    अर्थ चाैतारी
  • सोमबार, १६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट