logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • १०० किलोवाट बीवाईडी एट्टो ३ को खुल्यो बुकिङ, मूल्य ६४ लाख ९० हजार

    १०० किलोवाट बीवाईडी एट्टो ३ को खुल्यो बुकिङ, मूल्य ६४ लाख ९० हजार

    624
    SHARES
    १०० किलोवाट बीवाईडी एट्टो ३ को खुल्यो बुकिङ, मूल्य ६४ लाख ९० हजार

    काठमाण्डौ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले १०० किलोवाट क्षमताको एट्टो ३ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले बुकिङ खुल्ला गर्नुका साथै यसको मूल्य समेत सार्वजनिक गरेको छ ।



     

    सो गाडीको मूल्य ६४ लाख ९० हजार रुपैयाँ हुनेछ । पहिले १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध सो कार अब भने कम क्षमतामा उपलब्ध हुनेछ । मोटर पावर कम भए पनि बीवाईडी एट्टो ३ को अन्य फिचरमा भने परिवर्तन नहुने बताइएको छ ।

     

    नेपाली बजारमा हाल उपलब्ध बीवाईडी एट्टो ३ मा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । जसले एकपटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

     

    बीवाइडीले यो नयाँ कारलाई उसको आफ्नो डेडिकेटेड ईभी प्लेटफर्ममा तयार पारेको हो । प्रिमियम स्तरको सामग्री र फराकिलो क्याबिन स्पेस भएको यो एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले र ७ वटा एयरब्याग दिइएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २८ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट