logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • एमएडब्लु समूहले नेपालमा सिरसका विद्युतीय गाडी भित्र्याउँदै

    एमएडब्लु समूहले नेपालमा सिरसका विद्युतीय गाडी भित्र्याउँदै

    1.1K
    SHARES
    एमएडब्लु समूहले नेपालमा सिरसका विद्युतीय गाडी भित्र्याउँदै

    काठमाण्डौ । अटो ग्रुप एमएडब्लु समूह र चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी (ईभी) उत्पादक कम्पनी सिरस समूहले सिरसका अत्याधुनिक इलेक्ट्रिक गाडी नेपाली बजारमा ल्याउन रणनीतिक साझेदारीको घोषणा गरेका छन्।



     

    कम्पनीका अनुसार २०२३ को तेस्रो त्रैमासिकदेखि सिरसले एमएडब्लुको डिलरशिपहरूको विस्तृत नेटवर्कमार्फत नेपालमा ईभी एसयूभी, ईभी सेडान्स र मिनि ईभीको दायरा लन्च गर्नेछ। सिरस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो कम्पनीहरूको पहिलो ब्याच हो र यसको लोकप्रिय डीएफएसके र सिरस ब्रान्डहरूका लागि प्रसिद्ध छ।

     

    सिरस समूह चीनको पहिलो कम्पनी हो जसले स्वतन्त्र रूपमा विश्वको अग्रणी थ्री-इलेक्ट्रिक कोर टेक्नोलोजीलाई नियन्त्रण गर्दछ, र यो एक आन्तरिक अग्रणी वाहन निर्माता पनि हो जसले पूर्ण रूपमा बौद्धिक नेटवर्क जडान प्रणाली र इन्जिनियरिङ निर्माणलाई एकीकृत गर्दछ। एमएडब्लु समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले सिरसको अत्याधुनिक ईभी नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताए।

    सिरस समूहका विदेशी आयात तथा निर्यात कर्पोरेसनका उपमहाप्रबन्धक झाउ लिगाङले सेरेस विश्वव्यापी स्तरमा जोडिएका सबै कुराको साथ अटोमोटिभ इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै कम्पनीका ईभीहरू नेपाली बजारमा ल्याउन एमएडब्लु समूहसँग साझेदारी गर्न पाउँदा खुसी लागेको उल्लेख गरे।


    अर्थ चाैतारी
  • आइतबार, २९ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट