logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सीओएएस ओपन म्याराथनमा राजपुरा पछाईले जितिन् याडिया एस-लाइक

    सीओएएस ओपन म्याराथनमा राजपुरा पछाईले जितिन् याडिया एस-लाइक

    624
    SHARES
    सीओएएस ओपन म्याराथनमा राजपुरा पछाईले जितिन् याडिया एस-लाइक

    काठमाण्डौ । याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले २६०औँ नेपाली सेना दिवसका अवसरमा आयोजित आठौँ सीओएएस ओपन म्याराथनमा महिलातर्फबाट २१ किलोमिटरको विजेताका लागि एस–लाइक स्कुटर प्रायोजन गरेको थियो।



     

    प्रधान सेना प्रमुख (सीओएएस)ले १० किलोमिटर, २१ किलोमिटर र ४२.१९५ किलोमिटरको खुला म्याराथन दौडको उद्घाटन गरेको थियो। जस्मा कुजु नेपालले महिलातर्फबाट २१ किलोमिटर दूरीको विजेताका लागि ‘याडिया’ एस–लाइक प्रायोजन गरेको थियो।

     

    जहाँ नेपाल प्रहरीका राजपुरा पछाईले १ः१४ः३४ घन्टामा दौड पूरा गरी म्याराथन जिती प्रधानसेनापति प्रभुराम शर्मा र कुजु नेपालका प्रबन्ध निर्देशक उमिद श्रेष्ठबाट ‘याडिया’ एस– लाइक प्राप्त गरिन्। याडिया नेपालले नेपालमा आफ्नो विश्वव्यापी प्रिमियम मोडलहरु लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २९ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट