logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • हुन्डाईको विद्युतीय गाडी किन्दा वासिङ मेसिन उपहार

    हुन्डाईको विद्युतीय गाडी किन्दा वासिङ मेसिन उपहार

    520
    SHARES
    हुन्डाईको विद्युतीय गाडी किन्दा वासिङ मेसिन उपहार

    काठमाण्डौ । नेपालको लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।



     

    वान मोर रिजन टु गो इलेक्ट्रिक नारासहितको यो योजनाअन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्कको वाशिङ मेसिन उपहार प्राप्त गर्न सक्नेछन्।

     

    लक्ष्मी इन्टरकन्टिनेन्टलले समयसापेक्ष योजनाहरुमार्फत ग्राहकहरुको मन जितिरहेकोले आकर्षक योजना ल्याएको जनाएको छ। अहिलेको आवश्यकताअनुरुप विद्युतिय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र ।

    हुन्डाई कोना तथा आयोनिक ५ नेपालको विद्युतीय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएका छन्। आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुन्डाईको विश्वसनीयताले कोना तथा आयोनिक ५ विद्युतीय गाडीको पर्यायवाची बनिसकेको छ।

     

    कम्पनीले आक्रामक रूपमा चार्जिङ स्टेसनहरुको निर्माण गरिरहेको छ। विद्युतीय गाडीको बिक्रीवितरणमा हुन्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथलीस्थित नेपालको एक मात्र विद्युतिय गाडीको एक्सक्लुसिभ शोरूम सञ्चालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट