logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवासम्बन्धी सम्झौता

    कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवासम्बन्धी सम्झौता

    1.6K
    SHARES
    कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवासम्बन्धी सम्झौता

    काठमाण्डौ । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग आइतबार सम्झौता गरेको छ।



     

    सम्झौतापत्र कामना सेवा विकास बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक शास्वतजंग सिजापतीले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।

     

    उक्त सम्झौतापश्चात सिप्रदी ट्रेडिङबाट टाटा ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।


    अर्थ चाैतारी
  • सोमबार, १ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट