काठमाण्डौ । ओमिक्रोनको उपप्रजातविरुद्ध प्रभावकारी बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा नेपाल आईपुगेको छ । फाइजरको नयाँ खोप ‘बाइभ्यालेन्ट’को ३ लाख ४५ हजार मात्रा नेपाल भित्रिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाका अनुसार आज बिहान ९ बजे ती खोप नोपल भित्रिएको बताए । उनले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिएको बताए । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर मात्राका रूपमा प्रयोग गरिने समेत उनले बताए ।
बाइभ्यालेन्ट खोप ओमिक्रोनको उपप्रजातविरुद्ध प्रभावकारी मानिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार आज ३ लाख ४५ हजार मात्रा खोप भित्र्याइएको हो ।
अर्थ चाैतारी ।