logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • विजय लघुवित्तको शेयर कारोबार फुकवा

    विजय लघुवित्तको शेयर कारोबार फुकवा

    676
    SHARES
    विजय लघुवित्तको शेयर कारोबार फुकवा

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले लाभांश सम्बन्धि सुचना समयमै नदिएको भन्दै नेप्सेले माघ २६ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले माघ १० गते साझ ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको भन्दै लाभांश सम्बन्धि जानकारी माघ २५ गते साझ ६ः३५ मा नेप्सेमार्फत गराएको थियो ।



     

    नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पार्ने सुचना सार्वजनिक गर्न ढिलाई गरेको भन्दै तीन दिनभित्र स्पष्टिकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले माघ २९ गते माघ २५ गते हुनुपर्नेमा मानविय त्रुटीका कारण अन्यथा हुन गएको सञ्चालक समितिको निर्णय माइन्यूट सहित नेप्सेमा स्पष्टिकरण पेश गरेपछि नेप्सेले फागुन २ गतेदेखि लागू हुने गरी कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

     

    आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावली , २०७५ बमोजिमका शर्तहरु पूर्ण पालना गर्न सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको जानकारी दिएको छ । यस कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट