logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

    सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

    819
    SHARES
    सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

    काठमाण्डौ । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । खाना पकाउने ग्याँस जलन भई घाइते हुनु भएका उनलाई बिहीबार दिउँसो कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्श अनुसार थप उपचारका लागि श्रीएयर लाईन्सको विमानबाट भारत पठाइएको हो ।



     

    सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएपछि सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको कांग्रेस सांसद दिपक खड्काले जानकारी दिए । सोही घटनामा परी गम्भिर घाइते सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुरस्थित नेपाल वर्न सेन्टरमा निधन भएको थियो ।

     

     

    यस अघि सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री डा. शशांक कोइरालासहित विभिन्न राजनीतिक दलहरु नेताहरु, पूर्वमन्त्रीहरु, सांसदहरु सोही अस्पताल पुगेका थिए । सांसद भण्डारीको करिव ३० प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ४ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट