logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • लघुवित्तका ककर्मचारीको विदेश भ्रमणमा रोक, १५ प्रतिशतमाथि लाभांशमा राष्ट्र बैंककाे कडाई

    लघुवित्तका ककर्मचारीको विदेश भ्रमणमा रोक, १५ प्रतिशतमाथि लाभांशमा राष्ट्र बैंककाे कडाई

    676
    SHARES
    लघुवित्तका ककर्मचारीको विदेश भ्रमणमा रोक, १५ प्रतिशतमाथि लाभांशमा राष्ट्र बैंककाे कडाई

    काठमाण्डाै । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामाथि कडा एक्सन लिएको छ । केन्द्रीय बैंकले लघुवित्तहरुले लाभांशमा अंकुश लगाउँदै १५ प्रतिशतको सीमा तोकेको हो ।



    बुधबार लघुवित्त संस्थाको लागि जारी एकीकृत निर्देशन, २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले लाभांश (बोनस तथा नगद) को सीमा १५ प्रतिशत तोकेको हो ।

     

    यद्यपि, १५ प्रतिशतमाथि लाभांश बाँड्न चाहने संस्थाहरुले भने सोमाथिको लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसले लघुवित्तहरुमाथि लाभांशमा संकुचन ल्याउने देखिन्छ । यसअघि २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा उक्त व्यवस्था थियो ।

     

    साथै, केन्द्रीय बैंकले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था समेत गरेको छ । यस्तै वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गर्ने संस्थाले १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नु पर्नेछ ।

     

    यसअघि वार्षिक खुद मुनाफाको १ प्रतिशत मात्रै उक्त कोषमा जम्मा गर्नुपर्नेमा अब १५ प्रतिशतभन्दा बढी लाभ वितरण गर्दा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशत पनि उक्त कोषमा राख्नुपर्ने व्यवस्था भएको छ ।पछिल्लो समय लघुवित्त संस्थाहरु बढी नाफा केन्द्रित हुँदा कर्जा लगानी र असुलीमा असोच्छ प्रतिस्पर्धा चल्न थालेपछि सोको नियन्त्रका लागि केन्द्रीय बैंकले यस्तो नीति लिएको हो ।

     

    लघुवित्त संस्था नाफामुखी बन्दै ऋणीको क्षमताभन्दा बढी कर्जा लगानी गर्ने र ऋण तिर्न नसक्नेको ब्याज थप गर्दै नयाँ ऋणको नाममा जथाभाबी शुल्क असुल गरेपछि राष्ट्र बैंकले कर्जा लगानी सहित लाभांश वितरणमै कडाइ गरेको हो । यस्तै लघुवित्तमा नयाँ सञ्चालक आएपछि र सञ्चालकहरूलाई आवश्यकताअनुसार अभिमुखीकरण/पुनर्ताजगी गराउन सञ्चालक शिक्षाको नाममा विदेश भ्रमण गर्न रोक लगाएको छ । अब यस्ता अभिमुखीकरण/पुनर्ताजगी गराउन कार्य नेपालभित्रै गर्नुपर्ने व्यवस्था गरिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ११ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट