logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • तारा एयरको जहाज दुर्घटना हुनुमा चालकदलको कमजोरी रहेको जाँचबुझ आयोगको निष्कर्ष

    तारा एयरको जहाज दुर्घटना हुनुमा चालकदलको कमजोरी रहेको जाँचबुझ आयोगको निष्कर्ष

    728
    SHARES
    तारा एयरको जहाज दुर्घटना हुनुमा चालकदलको कमजोरी रहेको जाँचबुझ आयोगको निष्कर्ष

    काठमाण्डौ । तारा एयरको दुर्घटना जाँच गर्न बनेको आयोगले विभिन्न ८ गल्ती औल्याएको छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयर दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पछि छानबीनका लागि गठन भएको समितिले चालक दलको त्रुटिका कारण दुर्घटना भएको औल्याएको हो । आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चालक दलको गल्ति औल्याएको हो।



    प्रतिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएको उल्लेख छ । पाइलटको असावधानिका कारढ दुर्घटना भएको उल्लेख छ। यस्तै, उपलब्ध स्रोतको न्यून उपयोग गरेको तथा न्यूनअनुभवी कोपाइलट हुँदा दुर्घटना भएको समितिको निष्कर्ष निकालेको छ ।

     

    दुर्घटना जाँच आयोगले प्रचलित कानून त अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम अमेरिकाको नेशनल ट्रान्सपोट सेफ्टी बोर्ड समेतको सहयोगमा विस्तृत जाँचबुझ गरि मस्यौदा अन्तिम प्रतिवेदन तयार पारिएको जनाएको छ ।

    तारा एयरको जहाज जेठ १५ गते बिहान १० बजेतिर पोखराबाट जोमसोमका लागि उडान भर्ने क्रममा मुस्ताङको सानुशरेमा दुर्घटना भएको थियो। जहाज दुर्घटनामा दुई जना जर्मन नागरिक, चारजना भारतीय, १३ जना नेपाली यात्रुसहित चालक दलका ३ सदस्य सबैको निधन भएको थियो ।

    जाँचबुझ आयोगमा वरिष्ठ एरोनेटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमन, क्याप्टेन दीपुराज ज्वार्चन, बरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सदस्यसचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, ११ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट