logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मृगौला र कलेजोको सफल प्रत्यारोपण

    मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मृगौला र कलेजोको सफल प्रत्यारोपण

    520
    SHARES
    मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मृगौला र कलेजोको सफल प्रत्यारोपण

    काठमाण्डौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तीबाट प्राप्त दुईवटा मृर्गौला र एक कलेजो मिति २०७९ फागुन १६ गते एक साथ तीन जनामा सफल प्रत्यारोपण भएको छ ।



    भक्तपुरको एक अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्र्गाैला र कलेजो प्राप्त भएको हो । केन्द्रका कार्यकारी निर्देशक कलेजो तथा मृर्गौला पत्यारोपणविद् डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा प्रत्यारोपण भएको हो । कलेजो प्रत्यारोपणमा डा.रोशन घिमिरे, डा.ललित कुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरुको सहभागिता थियो । मृगौला प्रत्यारोपणमा प्रा.डा.राकेश कुमार बर्मा, प्रा.डा पवन चालिसे, डा.दिपेश श्रेष्ठ, डा.रवि किरण गौतम, डा.हरि वराल, डा. रोजन अधिकारी लगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो ।

    एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा.रश्मित श्रेष्ठ, लगायतले सहयोग गर्नुभएको थियो । नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा.जुजु राज श्रेष्ठ, डा.सुरेश महर्जन, डा.विक्रमवीर बज्राचार्य सहभागी रहेका थियो । रेडियोलोजी विभागबाट डा. समीर दवाडी, डा.गौरव श्रेष्ठ, डा.जस्मिन जोशी, डा.विवेक नेपाल, प्याथोलोजिस्ट डा.सविना श्रेष्ठ, ट्रान्सपलान्ट कोर्डिनेटर तारा साँध, अर्चना बगाले, सरु कोजु, फिजियोथेरापिस्ट सोनी सिखवल पनि टिममा रहेका थिए । नि.नर्सिङ निर्देशक पुजा कोइरालाको नेतृत्वमा नर्सिङ इन्चार्जहरु अस्मिता कटुवाल, बबिता लवजु, अनिता कार्की, मीना खर्वुजा, मन्जु भट्टराईले नर्सिङ व्यवस्थापन तथा बिरामीको उपचारका लागि आवश्यक व्यवस्था मिलाउनु भएको थियो ।

    केन्द्रमा कार्यरत चिकित्सक, नर्सिङ, ट्रान्सपलान्ट कोडिनेटर, प्याथोलोजी, रेडियोलोजी, फार्मेसी, फिजियोथेरापी, बायोमेडिकल तथा मर्मत, सरसफाइ, सुरक्षा गार्ड, प्रशासन, केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारी, पूर्व कर्मचारीहरुको साथ र सहयोगले यस किसिमको सेवा दिन सकेको हुँदा सबैलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु । मिति २०७४ बैशाख २८ गतेबाट पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएपश्चात हालसम्म पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको छ ।

    नेपाल सरकार, श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पूर्व मन्त्रीज्यूहरु, वर्तमान सचिवद्वय डा.रोशन पोखरेल र श्री देव कुमारी गुरागाँई, पूर्वसचिव डा. प्रविण मिश्र लगायतको साथ र सहयोगबाट अंगदान र प्रत्यारोपण कार्य यसरी सम्भव हुँदै गएको हो । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका? श्रीमान सचिव ज्यू डा रोशन पोखरेलले यो कार्यलाई सफल बनाउन आफू सधै तत्पर रहेको जानकारी गराए । यस पटकको मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्नका लागि डा.रवीन्द्र प्रधानाङ्ग, डा.आहना श्रेष्ठ, सुधन के.सी, लगायत समाजसेवी, सामाजिक अभियान्ताहरुको विशेष पहल रहेको थियो । केन्द्रका ओ टी टेक्निसियन रामचन्द्र पौडेलले ओ टी व्यवस्थापानको लागि विशेष योगदान दिएका थिए ।

    २ वटा मृर्गौला र १ वटा कलेजो सफलतापूर्वक सम्मपन्न
    मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आँफू जीवित हुँदा मस्तिष्क मृत्युपश्चात अङ्गदान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भएपश्चात निजको शरीरवाट अङ्गदान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्ग प्रत्यारोपण गर्ने सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ । मानव शरीरका अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन २०७२ ले अङ्ग दाताको दायरा फराकिलो बनाएको छ । दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आप्mनो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्थामा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्काको परिवारको सदस्यबीच साटासाट गर्न सकिने व्यवस्था र मस्तिष्क मृत्युपश्चात अङ्ग प्रत्यारोपण गर्नसक्ने व्यवस्था गरेको छ ।

    नेपाल सरकारले मस्तिष्क मृत्युपश्चात अङ्गदान तथा त्यसरी प्राप्त हुने अङ्ग ग्रहण गर्र्न चाहने व्यक्तिको प्राथमिकताको सूची बनाउने र प्रथमिकताक्रमको सूची अधावधिक गरी राख्ने र झिकेका अङ्गलाई तोकिए बमोजिमको प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउने प्रयोजनका लागि यस केन्द्रलाई समन्वय इकाई तोकेको छ । हाल उक्त इकाईको प्रमुख डा. कल्पना कुमारी श्रेष्ठ रहेकी छन् । समन्वय इकाईले मस्तिष्क मृत्युपश्चात अङ्ग दान दिने व्यक्ति र अङ्ग प्रत्यारोपण गर्न आवश्यक बिरामी प्रतीक्षा सूची तयार पारी सूची अध्यावधिक गर्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग दानबाट प्राप्त हुन आएमा प्रतिक्षा सूचीमा रहेका बिरामीहरु मध्ये मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेधित) नियमावली २०७३ दोस्रो संशोधनअनुसार अधिक्तम अंक प्राप्त गर्न सफल हुन्छ ।

    त्यस बिरामीले नियमित चेक जाँच गरी रहेको अस्पतालमा अङ्ग प्रत्यारोपण सेवा गर्ने अनुमति भएको रहेछ र बिरामीले उक्त अस्पतालमा प्रत्यारोपण गर्न चाहेको साथै त्यस अस्पतालमा कार्यरत प्रत्यारोपण टोली प्रत्यारोपण गर्नका लागि तयारी रहेको अवस्थामा त्यस्तो अस्पतालसम्म अङ्ग पु¥याउने व्यस्था समेत मिलाउने जिम्मेवारी हुन्छ। समन्वय समितिले मस्तिष्क मृत्युपश्चात प्राप्त अङ्गहरुका लागि नियमावलीमा तोकिए बमोजिमको प्रथमिकताको आधारमा प्रत्यारोपणाका लागि सिफारिस गरेअनुसार मिति २०७९ फागुन १६ गते दुई वटा मृगौला क्रमश रुपन्देही मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिरहा जिल्ला सिरहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा प्रत्यारोपण भएको थियो । कलेजो प्रत्यारोपण ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई प्रयारोपण गरिएको थियो ।

    अङ्ग दाताको गोपनियता कायम राख्ने मान्यता अनुसार अङ्ग दाताको विवरण उल्लेख गरिएको छैन । भक्तपुरको एक अस्पतालमा उपचाररत उहाँको मस्तिष्क मृत्यु भएपश्चात अङ्ग अङ्गदानका लागि निजका परिवार, सम्बन्धित अस्पतालमा कार्यरत प्राविधिक, कर्मचारी तथा प्रहरी प्रशासनको सहयोगमा अङ्गदान तथा प्रत्यारोपण सफल भएको हो । परिवारको सदस्य गुमाउनु पर्दाको पीडामा बाबजुद पनि अरु व्यक्तिलाई बचाउन सक्ने कुरा बुझेर अङ्गदान लागि मञ्जुरी दिने अंगदाताको परिवार महादाता रहेका थिए । नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु पश्चात प्राप्त अङ्ग प्रत्यारोपण पनि यसै केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठको नेत्रित्वमा भएको यिथो । उहाँको निरन्तर प्रयास र केन्द्रमा कार्यरत सम्पुर्ण विभागमा कार्यरत चिकित्सक नर्स, प्र्राविधिक तथा प्रशासन कर्मचरीहरुको अथक प्रयासमा प्रत्यारोपण कार्य सफल हुदै गएको छ ।

     

    अंग प्रत्यारोपणको लागि अंग दान गर्न आवश्यक छ । उपयुुक्त कानून बने पनि कार्यान्वयन पक्ष हामीले सोचे जस्तो सफल हुनसकेको छै्नं । यसको मूख्य कारण जनचेतनाको कमी नै हो । गाडेर खेर जाने वा जलेर खरानी हुने हाम्रो अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ । यसरी अङ्गदान भए नेपाल प्रत्यारोपणमा आत्म निर्भर हुनसक्ने छ । साथै अङ्ग फेल भएका व्यक्तीहरुले समय समयमा आफ्नो जाँच गरी प्रत्यारोपणका लागि हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको समन्वय इकाईमा गई प्रतीक्षाको सूचीमा नाम लेखाऔँ । यस्तो पुण्य कार्यमा हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन अपिल गर्दछौं ।


    अर्थ चाैतारी
  • शनिबार, २० फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट