logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एफवान सफ्ट : जसले डेढ करोड नेपालीको हातमा पुर्‍यायो मोबाइल बैंकिङ

    एफवान सफ्ट : जसले डेढ करोड नेपालीको हातमा पुर्‍यायो मोबाइल बैंकिङ

    975
    SHARES
    एफवान सफ्ट : जसले डेढ करोड नेपालीको हातमा पुर्‍यायो मोबाइल बैंकिङ

    काठमाण्डौ । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २० औँ वर्षमा प्रवेश गरेको छ। डिजिटल वित्तीय सेवा पुर्याउने उद्देश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो। १९ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको हो। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको छ।



    सुरूमा एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ।

    यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइल मार्फत हुने भुक्तानीको समेत विकास गरेको छ। कम्पनीमा हाल १ हजार २ सय भन्दा बढि दक्ष जनशक्तिले रोजगारी पाएका छन्। यो २० वर्षको अवधिमा कम्पनीले नेपालको डिजिटल फाइनान्सियल क्षेत्रमा टेवा पुर्याउन ठुलो भूमिका खेलेको छ।

    १९ वर्ष पुरा भइ २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुको अर्थतन्त्रलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गछौँ।’

    उनले डिजिटल नेपाल बनाउँदै अर्थतन्त्रको डिजिटलीकरण गरी देशको कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिने उद्देश्य राखेको बताए। ‘यसका लागि हामीले आगामी दिनमा अझ मिहिनेतका साथ अत्याधुनिक प्रविधि निर्माणमा सशक्त रूपमा लाग्नेछौँ’, उनले भने।

    एफवान सफ्ट ग्रुपअन्तर्गत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन्। एफवान सफ्ट ग्रुप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका जस्ता प्रविधिमा अग्रणी कम्पनी सञ्चालित छन्। यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन्।

    नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन्। कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड ५० लाखभन्दा धेरै रहेका छन्। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग समेत गर्दै आएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २१ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट