logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नारी दिवसमा इसेवाको विशेष अफर

    नारी दिवसमा इसेवाको विशेष अफर

    689
    SHARES
    नारी दिवसमा इसेवाको विशेष अफर

    काठमाण्डौ । भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्बजनिक गरेको छ। अफर अन्तरगत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवा सँग सहकार्य (इन्ट्रिगेशन) गर्दा इन्ट्रिगेशन शुल्क नलाग्ने इसेवाले जनाएको छ।



    यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेसन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यैपनि इन्ट्रिगेशनको शुल्क लाग्नेछैन। यस अफरमा सहभागि हुन नारीहरुले तीन महिनााभित्र इसेवामा सम्पर्क गर्नुपर्नेछ।

    यसैगरी नारी दिवसको दिन अर्थात् फागुन २४ गते बुधवारको दिन नारीहरुले इसेवा मार्फत एनटिसी तथा एनसेल मोबाईलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ। यसको लागि टपअप गर्दा प्रोमोकोड नारी प्रयोग गर्नुपर्नेछ। देशको आधा जनसंख्या ओघटेका नारीहरूको सम्मानमा इसेवाले यस किसिमको छुुट सुविधा ल्याएको हो।

    इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट