logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति, राख्यो यस्ता सर्त

    स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति, राख्यो यस्ता सर्त

    1.3K
    SHARES
    स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति, राख्यो यस्ता सर्त

    काठमाडौ । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।



     

    राष्ट्र बैंकले गत फागुन २८ गते दुवै लघुवित्तलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। विभिन्न सर्त राख्दै राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ।

     

    पहिलो सर्तमा दुवै संस्थाले राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको मितिले ३ महिनाभित्र आआफ्नो साधारणसभा डाकेर मर्जर प्रक्रियालाई स्वीकृत गर्नुपर्नेछ। त्यसपछि दुवै संस्थाले अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा संयुक्त निवेदन दिनुपर्नेछ।

     

    अन्तिम स्वीकृतिका लागि निवेदन दिँदा दुवै संस्थाले एकीकृत पुँजीकोष अनुपात राष्ट्र बैंकको निर्देशनबमोजिम पर्याप्त हुनुपर्ने दोस्रो सर्त अगाडि सारिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट