logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • लेखा र राजस्व समूहबाट उपसचिवमा १४ जना सिफारिस (नामावलीसहित)

    लेखा र राजस्व समूहबाट उपसचिवमा १४ जना सिफारिस (नामावलीसहित)

    9.5K
    SHARES
    लेखा र राजस्व समूहबाट उपसचिवमा १४ जना सिफारिस (नामावलीसहित)

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहबाट १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यसअघि सोमबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।



    मन्त्रालयले लेखा समूहबाट विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल, रामभक्त रानाभाट, ध्यानकुमार राई, धर्मभक्त बस्याल, बद्रिप्रसाद अर्याल, शरणहरि लुईँटेल र तीर्थराज ओझालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । त्यस्तै, राजस्व समूहबाट बढुवा सिफारिसमा पर्नेमा अनिलप्रसाद श्रेष्ठ, खगेन्द्र खड्का र टीकाराम गैरे रहेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, १९ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट