logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • उद्योगी–व्यवसायीको मनोबल उकास्ने काम गर्न नवनियुक्त उद्योगीमन्त्री रमेश रिजाललाई परिसंघको आग्रह

    उद्योगी–व्यवसायीको मनोबल उकास्ने काम गर्न नवनियुक्त उद्योगीमन्त्री रमेश रिजाललाई परिसंघको आग्रह

    1.1K
    SHARES
    उद्योगी–व्यवसायीको मनोबल उकास्ने काम गर्न नवनियुक्त उद्योगीमन्त्री रमेश रिजाललाई परिसंघको आग्रह

    काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई उद्योगी–व्यवसायीहरुको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ।



    परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त मन्त्री रिजाललाई बधाइ तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो। अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी–व्यवसायीहरुको मनोबल बढाउन आवश्यक रहेको बताए।

    मागमा आएको उच्च संकुचनका कारण नयाँ लगानीका योजना ठप्प भएको र मनोबल निकै खस्किएकाले यसबाट निकास दिनुपर्ने अग्रवालले सुझाव दिए। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगहरुको योगदान निरन्तर घट्दो रहेको भन्दै अग्रवालले अर्थतन्त्रमा उत्पादनमुलक उद्योगहरुको योगदान बढाउन वातावरण बनाउनुपर्नेमा जोड दिए।

     

    अध्यक्ष अग्रवालले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे। उनले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका बारेमा जानकारी गराए। परिसंघले आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउन पनि आग्रह गरेको छ।

     

    परिसंघको बधाइ तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै नवनियुक्त उद्योगमन्त्री रिजालले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिएको बताए। मुलुकलाई समृद्धि बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्दै उनले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रुपमा लाग्ने बताए। ‘म निजी क्षेत्रको साथमा छु। निजी क्षेत्रको समस्या समाधान गर्न पूर्ण रुपमा लाग्नेछु, चिन्ता नगुर्न’, उनले भने, ‘त्यसका लागि परिसंघसँग सहकार्य गर्नेछौँ।’

     

    नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजाललाई वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायतले बधाइ तथा शुभकामना दिए।


    अर्थ चाैतारी
  • मंगलबार, २१ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट