logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • जानकी आँखा अस्पताललाई उपकरण किन्न एनएमबी बैंकले दियो डेढ लाख

    जानकी आँखा अस्पताललाई उपकरण किन्न एनएमबी बैंकले दियो डेढ लाख

    546
    SHARES
    जानकी आँखा अस्पताललाई उपकरण किन्न एनएमबी बैंकले दियो डेढ लाख

    काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको हो।



    सोकार्यक्रममा बंैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो। साथै आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झालगायत अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो।

     

    एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “‘बैंक अफदिइयर एसिया २०२१” उपाधिबाट सम्मानित भएको बैंक हो।

     

    एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरिसकेको छ। एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २२ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट