काठमाण्डौ। कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एन्ड रिसर्चबीच सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक तथा कर्मचारीले काठमाण्डौ विशालनगरस्थित एरोजिन हेल्थ केयर एन्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा ४५% सम्मको छुट, स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४/७ नर्सिङ केयर) मा १५% सम्म, फिजियोथेरापीमा ५%, ल्याब सेवामा २५% सम्मको आकर्षक छुटहरु प्राप्त गर्न सक्नुहुनेछ।
बैंकसँग आबद्धताका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
अर्थ चाैतारी ।