logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • गृहले गर्यो १२ सीडीओ -सहायक सीडीयोको सरुवा (सूचीसहित)

    गृहले गर्यो १२ सीडीओ -सहायक सीडीयोको सरुवा (सूचीसहित)

    741
    SHARES
    गृहले गर्यो १२ सीडीओ -सहायक सीडीयोको सरुवा (सूचीसहित)

    काठमाण्डाै । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी गरी १२ जनाको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ । जसमा केही अधिकृतको पदस्थापन गरिएको केही सरुवामा परेका हुन ।



    सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै अतिरिक्त समूहमा रहेका अधिकृतहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार, गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको र शन्तबहादुर सुनुवारलाई रोल्पाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ ।े

    त्यस्तै, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई डोटी र डोटीकी प्रजिअ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेलाई सिरहामा प्रजिअ बनाएर पठाइएको छ। सिरहाका प्रजिअ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ। खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। यस्तै,रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

    गृहले एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो। लउता, कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ। त्यस्तै जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ। त्यस्तै काभ्रेको सहायक सीडीओ महेश कुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ।


    अर्थ चाैतारी
  • शनिबार, २ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट