logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ईपीएस कोरिया शाखाले भन्यो–‘फेक सूचनाप्रति सजग रहौँ’

    ईपीएस कोरिया शाखाले भन्यो–‘फेक सूचनाप्रति सजग रहौँ’

    1K
    SHARES
    ईपीएस कोरिया शाखाले भन्यो–‘फेक सूचनाप्रति सजग रहौँ’

    काठमाण्डौ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले गलत (फेक) सूचनाप्रति सजग रहन आग्रह गरेको छ।



    पछिल्लो समय विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै शाखाले एक सूचना जारी गर्दै फेक सूचनाबारेमा सचेत गराएको हो। ‘ईपीएएस कोरिया शाखाको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउनेसम्बन्धी अत्यन्त जरुरी सूचना’ भनी गलत सूचना निकाली अतिरञ्जित गर्ने, भ्रम छर्ने र सरकारी लेटरप्याड कीर्तेलगायत गैरकानुनी काम भएको छ’, सूचना भनिएको छ, ‘त्यस्तो कार्यमा संलग्नहरुलाई साइबर अपराधअन्तर्गत हदैसम्म कैद र जरिवानाको सजायका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा लेखी पठाइएको छ।’

     

    नक्कली फेसबुक खोल्ने, त्यसमा भ्रामक विषय लेखी जथाभावी पोस्ट गर्ने र सत्यतथ्य नबुझी सेयर गर्ने लगायतका कार्य गरी कानुनविपरीत गतिविधि भइरहेकोप्रति शाखाले ध्यानार्षण भएको जनाएको छ। त्यस्ता गतिविधिमा विश्वास नगर्न पनि शाखाले आग्रह गरेको छ।

     

    शाखाका अनुसार दक्षिण कोरियामा कामदार पठाउने १६ मुलुकमध्ये नेपाल उत्कृष्ट रहेको छ। ‘सन् २००८ देखि रोजगारीका लागि यस प्रणालीबाट ९० हजारभन्दा बढी नेपाली नागरिक कोरियामा कामका लागि प्रवेश गरिसकेका छन्’, सूचनामा उल्लेख छ, ‘अघिल्लो आर्थिक वर्ष २०७९–८० मा मात्र २२ हजार १९२ जना कामदार कोरिया पुगेका छन्।’


    अर्थ चाैतारी
  • बुधबार, १० साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट