काठमाण्डौ । विदेशी सेवा आयात गरेबापत भुक्तानीका लागि राष्ट्र बैंकबाट पाउने विदेशी मुद्रा सटहीको सुविधा दोब्बरले बढेको छ ।
केन्द्रीय बैंकले सोमबार विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै वायुयान सेवा सञ्चालक संस्थाहरुले विदेशी सेवा आयात गरेबापत भुक्तान गर्नुपर्ने रकमका लागि एक लाख अमेरिकी डलरसम्म सटही सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
साथै भारतमा हुने सेवाको कारोबारमा एक लाख अमेरिकी डलर बराबर हुने भा.रु. वा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न सकिने समेत केन्द्रीय बैंकले जनाएको छ । यसअघि वायुयान सेवा सञ्चालक संस्थालाई अमेरिकी डलर ५० हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्मको मात्र सटही सुविधा उपलब्ध थियो ।
अर्थ चाैतारी ।