logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई गुहेश्वरी डेन्टलमा विशेष छुट

    प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई गुहेश्वरी डेन्टलमा विशेष छुट

    468
    SHARES
    प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई गुहेश्वरी डेन्टलमा विशेष छुट

    काठमाण्डौ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चका लागि गुहेश्वरी डेन्टल मल्टिस्पेस्यालिटी एन्ड एम्प्लान्ट हब प्रालिसँग सम्झौता गरेको छ।



    उक्त सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र गुहेश्वरी डेन्टलका तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै क्यापिटलका ग्राहकले गुहेश्वरी डेन्टलमा सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्छन्।

    यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेका जानकारीसहित हितग्राही खाता नम्बर गुहेश्वरी डेन्टललाई उपलब्ध गराउनुपर्नेछ। यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन्। ललितपुरको पुलचोकमा रहेको गुहेश्वरी डेन्टल अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ।

    यस संस्थाबाट ग्राहकले डेन्टल चेकअप, डेन्टल फिलिङ, तिथ ब्लिचिङ, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ। प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ। हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ३ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट