logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • थाई एयरवेजले नोभेम्बरबाट पुनः काठमाण्डौ उडान सुरु गर्ने, सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल नियुक्त

    थाई एयरवेजले नोभेम्बरबाट पुनः काठमाण्डौ उडान सुरु गर्ने, सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल नियुक्त

    949
    SHARES
    थाई एयरवेजले नोभेम्बरबाट पुनः काठमाण्डौ उडान सुरु गर्ने, सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल नियुक्त

    काठमाण्डौ । थाई एयरवेजले आगामी नोभेम्बरदेखि नेपालबाट नियमित उडान सुरु गर्ने भएको छ । बैंककस्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनलले नेपालको सेल्स एजेन्ट हेर्ने गरी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नियुक्त गरेको हो ।



     

    उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू कम्पनीले जानकारी दिएको छ । सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने छ ।

     

    थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण २०२० अप्रिलदेखि काठमाण्डौका लागिसम्पूर्ण उडान रोकेको थियो । सोही कम्पनीले तीन वर्षपछि नेपालमा पुनः नियमित उडान सुरु गर्न लागेको हो ।

    कम्पनीले सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान गरेको थियो । थाई एयरवेज इन्टरनेशनलले थाइल्याण्डमा विदेशी पर्यटन प्रवर्द्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई थप सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्न चाहेको बताएको छ ।

     

    थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा ल्याउन पाउँदा अत्यन्त खुसी लागेको बताए ।


    अर्थ चाैतारी
  • बुधबार, ६ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट