सिन्धुपाल्चोक । चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवतजावत खुला गरेको छ । तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो । शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरे ।
सांसद सापकोटासहितको नेताली टोलीलाई तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र सिगात्छेका नगर प्रमुख पासाङले स्वागत गरे । का मेयर र भन्सार प्रमुख ले स्वागत गरे । सापकोटाले अब बन्द नहुने गरी नाकामा आवतजावत खोलिएको जानकारी चिनियाँ पक्षले गराएको बताए । सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि पनि क्रमशः नाका खुला गर्दै जाने प्रतिबद्धता चिनियाँ पक्षले दिएको छ ।
‘आज विशेष दिन भएको हुनाले हामीलाई उहाँहरुले स्वागत गर्नुभयो’, सापकोटाले भने, ‘अरु जिल्लाका सर्वसाधारणका लागि पनि क्रमिक रुपमा व्यवस्थित गर्दै पूर्ववत अवस्थामा नाका सुचारु गर्ने नीति रहेको जानकारी दिनुभयो । हामीले नाका खोलेकामा उहाँहरु र चिनियाँ सरकारलाई धन्यवाद दियौं ।’ चिनियाँ अधिकारीहरुले नाका खोल्ने आफूहरुको कदमले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको जानकारी पनि सापकोटाले दिए ।
अर्थ चाैतारी ।