logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सेवा हाईड्रोकाे सातौं वार्षिक साधारण सभा असोज २० गते, आईपीओ जारी गर्ने प्रस्ताव

    सेवा हाईड्रोकाे सातौं वार्षिक साधारण सभा असोज २० गते, आईपीओ जारी गर्ने प्रस्ताव

    546
    SHARES
    सेवा हाईड्रोकाे सातौं वार्षिक साधारण सभा असोज २० गते, आईपीओ जारी गर्ने प्रस्ताव

    काठमाण्डौ । आईपीओ निष्काशन प्रस्ताव पारित गर्न सेवा हाईड्रो कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले असोज २० गते सातौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभा थापागाउँ बानेश्वर काठमाण्डौमा बिहान ११ बजे बोलाइएको छ ।



     

    कम्पनीको सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्नेछ । कम्पनीको सभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ ।

     

    आईपीओ निष्काशन पश्चात् प्राप्त हुने कूल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पुरा गर्न खर्च गर्न स्वीकृत गर्नेछ । कम्पनी सञ्चालकको राजीनामा स्वीकृत तथा नयाँ सञ्चालकको गठन गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट