logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • काठमाण्डौ विद्युतीय व्यवसायी संघको रक्तदान कार्यक्रम

    काठमाण्डौ विद्युतीय व्यवसायी संघको रक्तदान कार्यक्रम

    767
    SHARES
    काठमाण्डौ विद्युतीय व्यवसायी संघको रक्तदान कार्यक्रम

    काठमाण्डौ । विद्युतीय व्यवसायीहरुको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको रुपन्तरण दिवसको उपलक्ष्यमा काठमाण्डौ विद्युतीय व्यवसायी संघले शनिबार काठमाण्डौको महाराजगन्जमा र आइतबार काठमाण्डौको भोटेवहालमा रक्तदान कार्यक्रमको आयोजना गरी १३४ पिन्ट रगत संकलन गरेको छ।



     

    विद्युतीय व्यवसायीहरुको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। काठमाण्डौ विद्युतीय व्यवसायी संघ, गोंगबु एरिया समिति र चाबहिल एरिया समितिको सहयोगमा शनिबार महाराजगन्जमा महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले रक्तदान गरी सुरु गरिएको थियो। कार्यक्रममा महासंघ एवं संघका पदाधिकारी, संघसंग आबद्ध सदस्य तथा विद्युतीय सामानका व्यवसायी एवं सर्वसाधारण गरी जम्मा ४१ जनाले रक्तदान गरेका थिए।

     

    काठमाण्डौ विद्युतीय व्यवसायी संघ र वोधिसत्व परिवार क्लबको संयुक्त आयोजनामा आइतबार भोटेवहालेमा संघका अध्यक्ष दिवेशकुमार जैनले रक्तदान गरी सुरु गरिएको रक्तदान कार्यक्रममा महासंघ एवं संघका पदाधिकारी, संघ एवं क्लबसंग आबद्ध सदस्य तथा विद्युतीय सामानका व्यवसायी एवं सर्वसाधारण जम्मा ९३ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा अध्यक्ष जैनले रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।


    अर्थ चाैतारी
  • सोमबार, १ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट