logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • एभरेष्ट बैंकका ग्राहक र कर्मचारी निरभाना फिजियोथेरापीमा विशेष छुट पाउने

    एभरेष्ट बैंकका ग्राहक र कर्मचारी निरभाना फिजियोथेरापीमा विशेष छुट पाउने

    429
    SHARES
    एभरेष्ट बैंकका ग्राहक र कर्मचारी निरभाना फिजियोथेरापीमा विशेष छुट पाउने

    काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई काठमाण्डौको लाजिम्पाटस्थित निरभाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टरमा विशेष छुट हुने भएको छ। एभरेष्ट बैंक निरभाना फिजियोथेरापीबीच छुट सम्झौता भएको हो।



     

    यो सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले निरभाना फिजियोथेरापीबाट विभिन्न सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्। बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र निरभाना फिजियोथेरापीका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

     

    यो सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा तिनका पारिवारका सदस्यले निरभाना फिजियोथेरापीबाट आइपिडि एड्भान्स म्यानुअल/कपिंग/लेजर फिजियोथेरापी, एक्यूप्रेसर, एक्यूपंक्चर, मोक्सीबस्टन, ओस्टियोप्याथी, न्यूरो/मस्कुलो/स्केलेटल र क्याडियो/पुल्मो पेन म्यानेजमेन्ट ओभरल होलिस्टिक वेल बिगं (ओस्टियो, योगिक र मर्मा) लगायत सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

     

    हस्ताक्षर समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा निरभाना फिजियोथेरापीका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति थियो।

     

    स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहक छन् तथा देशैभरि छरिएर रहेका आफ्ना १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट