काठमाण्डौ । त्रिभुवन विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ परेकी छन् ।
शनिबार दुवईबाट काठमाण्डौ आएकी फिलिपिन्सकी युवती सुनसहित पक्राउ परेकी हुन् । उनी फलाई दुवईबाट काठमाण्डौ आएकी थिइन् । विमानस्थलको भन्सार जाँचपास सकेर निस्किएका बेला शंका लागेर चेकजाँच गर्दा ती युवतीसँग सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्दले बताए ।
भित्री कपडामा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको डिआएजी चन्दले जानकारी दिए ।
अर्थ चाैतारी ।