logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • सोनापुर मिनरल्सको आइपीओमा कति पर्यो आवेदन ?

    सोनापुर मिनरल्सको आइपीओमा कति पर्यो आवेदन ?

    676
    SHARES
    सोनापुर मिनरल्सको आइपीओमा कति पर्यो आवेदन ?

    काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा आज दोस्रो दिनसम्म करिब पाँच लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा ४ लाख ९९ हजार ५७५ जनाले ५८ लाख ८५ हजार ५०० कित्ताका लागि दिएका हुन् ।



    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

     

    सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा स्थानिय बासिन्दाहरुले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए। रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम शेयर बाँडफाँड गरिसकेको छ।

    त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँड गरिसकेको छ। उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट