logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट

    सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट

    494
    SHARES
    सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट

    काठमाण्डौ । सानिमा बैंकका ग्राहकले तिलगंगा सिटी आँखा सेन्टरमा छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टरमा छुटको व्यवस्था गरेको हो ।



     

    उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । साथै, ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा ५० रुपैयाँको परामर्श शुल्क मात्र लाग्ने छ ।

     

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट