logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने असईलाई ६ वर्ष कैद, बिगो र जरिवाना सवा करोड

    प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने असईलाई ६ वर्ष कैद, बिगो र जरिवाना सवा करोड

    1.3K
    SHARES
    प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने असईलाई ६ वर्ष कैद, बिगो र जरिवाना सवा करोड

    काठमाण्डौ । विशेष अदालतले नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा भ्रष्टाचार गर्नेलाई ६ वर्ष कैद र ६० लाख ७५ हजार जरिवाना सुनाएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सो आदेश सुनाएको हो।



    आदेश अनुसार उनलाई त्यति नै रकम बिगो असुलउपर हुने उल्लेख छ। दुई वर्षअघि प्रहरी सहायक निरीक्षक दिलीप कार्कीविरुद्ध दायर मुद्दामा विशेष अदालतले बिहीबार सजाय सुनाएको हो। प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो।

    कार्कीलाई ६० लाख ७५ हजार रुपैयाँभन्दा बढी जरिवाना र उति नै रकम बिगो असुलउपर हुने फैसलामा उल्लेख छ। असइ कार्कीले इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने गरेका थिए।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट