logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स हस्पिटल, शेयरधनीलाई १७.३७ प्रतिशत बोनस शेयर

    स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स हस्पिटल, शेयरधनीलाई १७.३७ प्रतिशत बोनस शेयर

    767
    SHARES
    स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स हस्पिटल, शेयरधनीलाई १७.३७ प्रतिशत बोनस शेयर

    काठमाण्डौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर जारी गर्ने निर्णय गरेको हो ।



    जुन जारी पुँजीको १५ प्रतिशत हो । प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा शेयर जारी हुनेछ । अस्पतालले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ ।

    यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ । साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

    हस्पिटलको साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, दल बहादुर भण्डारी र प्रेम बहादुर भण्डारी नियुक्त भएका छन् । यस्तै सर्वसाधारण तर्फ गीता जोशी सायमी नियुक्त भएका छन् । यसैगरी हस्पिटलको स्वतन्त्र सञ्चालकमा टंकमणि शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्व महालेखा परीक्षक हुन् ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट