काठमाण्डौ । शिवम् होल्डिङस लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि कात्तिक २२ गते साधारण सभा आव्हान गरेको हो ।
सभा कम्पनीको कार्यालय, अनामनगर काठमाण्डौमा बिहान ११ः३० बस्ने गरी बोलाएको छ । कम्पनीको जारी पुँजी ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीले यसैबाट २० प्रतिशत अर्थात् १ करोड १६ लाख कित्ता सेयर आइपीओ बिक्री गर्ने तयारी गरेको छ ।
सभामा कम्पनीले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफलका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
अर्थ चाैतारी ।