logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • रुकुमबाट ७ जना घाइतेलाई काठमाण्डौ ल्याइयो

    रुकुमबाट ७ जना घाइतेलाई काठमाण्डौ ल्याइयो

    455
    SHARES
    रुकुमबाट ७ जना घाइतेलाई काठमाण्डौ ल्याइयो

    काठमाण्डौ । गएराति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।



     

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाण्डौ विमानस्थलमा अवतरण गरेको हो ।

     

    निगमको एक ट्विनअटर जहाज आज बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ । दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगञ्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाण्डौ केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १८ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट