logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • भायानेटले ल्यायो नयाँ ‘रिफरल’ योजना !

    भायानेटले ल्यायो नयाँ ‘रिफरल’ योजना !

    4K
    SHARES
    भायानेटले ल्यायो नयाँ ‘रिफरल’ योजना !

    काठमाण्डौ । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एम आईको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्।



    कम्पनीका अनुसार यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन्। साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्।

    ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ। भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्। ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग–इन गरी आफ्नो फ्री इन्टरनेट दावी गर्न सक्नेछन्। ​

    भायानेटले प्रत्येक हप्ता एम आईको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम संकलन गर्न सम्पर्क गर्ने जनाएको छ। भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा–फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ।

    विशेषगरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेट सँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २१ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट