logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ३० प्रतिशतले बढ्यो रेमिट्यान्स

    ३० प्रतिशतले बढ्यो रेमिट्यान्स

    793
    SHARES
    ३० प्रतिशतले बढ्यो रेमिट्यान्स

    काठमाण्डौ । चालु आर्थिक बर्षको पहिलो ३ महिनाको अवधिमा विदेशबाट नेपालमा पठाउने रकम अर्थात् रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको साउन भदौ र असोजसम्मको अवधिमा रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको हो ।



    यो वृद्धिले चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा चालु खाता ५९ अर्ब ९ करोड रुपैयाँ र शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको छ ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा र शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो ।
    शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भइ गएको असोज मसान्तमा १६ खर्ब४३ अर्ब ९ करोड पुगेको र यसले जुन करिब १० महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २४ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट