काठमाण्डौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच एक सम्झौता भएको छ । दराजबाट सामान किन्दा बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
यो योजना चैत २८ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो ।
नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिड कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०५ वा रु १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
अर्थ चाैतारी ।