काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सञ्चालक समितिको १७८ औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिबाट आएको हो । प्रस्तावअनुसार असार मसान्त कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको १० प्रतिशत लाभांश वितरण हुनेछ ।
लघुवित्तले वितरण गर्ने नगद लाभांश कर प्रयोजन सहितको हुनेछ । सञ्चालक समितिको गरेको प्रस्ताव नेपाल राष्ट्र बैङ्कले स्वीकृत गर्नुपर्ने छ भने आगामी वार्षिक साधारण सभाले समेत पारित गर्नुपर्नेछ ।
अर्थ चाैतारी ।