logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • स्वास्थ्य बीमामा नियमित चेकजाँचका लागि पटक पटक अस्पतालको पूर्जी लिनुपर्ने झण्झट हट्यो

    स्वास्थ्य बीमामा नियमित चेकजाँचका लागि पटक पटक अस्पतालको पूर्जी लिनुपर्ने झण्झट हट्यो

    1.2K
    SHARES
    स्वास्थ्य बीमामा नियमित चेकजाँचका लागि पटक पटक अस्पतालको पूर्जी लिनुपर्ने झण्झट हट्यो

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत एउटै रोगको नियमित उपचारका लागि बिरामीले प्रत्येक पटक प्रेषण पूर्जी लिनु नपर्ने भएको छ। बोर्डको सञ्चालक समितिले नियमित उपचार गराउनुपर्ने रोगका बिरामीलाई प्रत्येक पटक प्रेषण पूर्जी लिनुपर्ने झण्झट भएको निष्कर्ष सहित यस्तो प्रावधान हटाउने निर्णय गरेको हो ।



    बोर्डले सोमबार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध स्वास्थ्य प्रदायक स‌+स्थालाई निर्देशन जारी गर्दै फलो अप का लागि अस्पताल पुग्ने बिरामीलाई प्रेषण पूँजी बिना नै उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसबाहेक नियमितरुपमा सेवन गर्नुपर्ने औषधी लिन महिना दिनमै अस्पताल धाउनुपर्ने बाध्यता भएका बिरामीलाई बोर्डले तीन तीन महिना अवधिको लागि एकमुष्ठ औषधी उपलब्ध गराउन समेत अस्पतालहरुलाई निर्देशन जारी गरेको छ।

     

    बोर्डको सञ्चालक समितिको म‍ंसिर २७ गतेको बैठकले यी निर्णय गरेको हो । बोर्डको सञ्चालक समितिको अध्यक्ष पदमा डा‍. गुणराज लोहनी नियुक्त भएलगत्तै सेवा प्रवाहमा सुधारका प्रयास थालेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ४ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट