logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य

    साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य

    728
    SHARES
    साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य

    काठमाण्डौ । साउदी अरबले वैदेशिक रोजगारीका लागि आउने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य गराएको छ । आजदेखि लागू हुनेगरी नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको हो ।



    यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । आजदेखि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो । दूतावासको उक्त कदमप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको छ । साउदी दूतावासले आर्थिक भार पार्न खोजेको भन्दै संघले आपत्ति जनाएको हो । दूतावासले नेपाली कामदारलाई बायोमेट्रिक गराएर थप आर्थिक भार पार्न खोजेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

    भारत र बङ्गलादेशमा समेत यसअघि साउदीले बायोमेट्रिक लागू गर्न खोजेको थियो । भारत र बंगलादेशले विरोध भएपछि साउदी पछि हटेको थियो । ‘बायोमेट्रिकको नाममा श्रमिकहरू लामो समय काठमाण्डौ बस्नुपर्छ । त्यसले उनीहरूको ठुलो खर्च हुन्छ । बायोमेट्रिक लागू गरेर दूतावासले सिन्डिकेट लाद्न खोजेको हो’ अध्यक्ष भण्डारीले भने ।

     

    संघले बायोमेट्रिक लागू गरेपछि भिसाका लागि कामदार नपठाउन व्यवसायीहरूलाई अनुरोध गरेको छ । आजदेखि कुनै पनि व्यवसायीले भिसाका लागि फाइलहरू साउदी दूतावासमा पठाएको पाइए कारबाही गर्ने चेतावनी समेत संघले दिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट