logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नेपालगञ्ज आईसीपीको सञ्चालन टीआरएस एटलस लोजीपार्कले गर्ने, भयो दुई पक्षीय सम्झौता

    नेपालगञ्ज आईसीपीको सञ्चालन टीआरएस एटलस लोजीपार्कले गर्ने, भयो दुई पक्षीय सम्झौता

    936
    SHARES
    नेपालगञ्ज आईसीपीको सञ्चालन टीआरएस एटलस लोजीपार्कले गर्ने, भयो दुई पक्षीय सम्झौता

    काठमाण्डौ । नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रले गर्ने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्न टीआरएस एटलस लोजीपार्क प्रालिसँग सम्झौता गरेको बताएको छ ।



     

    पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी दुई पक्षीय सम्झौता भएको पनि समितिले बताएको छ । समिति र उक्त कम्पनीबीच गत मंसिर २२ गते सम्झौता भएको थियो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार जाँच चौकी निर्माणको काम सम्पन्न नहुँदै यसको सञ्चालन तथा व्यवस्थापनका लागि कम्पनी छनोट भइसकेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १९ पुस २०८०
  • सम्बन्धित समाचार