logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • अदालतमा बयान फेर्ने उजुरीकर्तालाई पनि कैद र जरिवाना

    अदालतमा बयान फेर्ने उजुरीकर्तालाई पनि कैद र जरिवाना

    442
    SHARES
    अदालतमा बयान फेर्ने उजुरीकर्तालाई पनि कैद र जरिवाना

    काठमाण्डौ । घुस लिने एक कर्मचारी र अदालतमा पुगेर बयान फेर्ने उजुरीकर्ता (निर्माण व्यवसायी) दुवैलाई विशेष अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ ।



    अदालतले डुगेश्वर गाउँपालिकाका कर्मचारी टंकबहादुर कार्की र निर्माण व्यवसायी टकबहादुर घर्तीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही ३–३ महिना कैद र ५०–५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । साथै दुवै जनाबाट जनही दुई हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

    देउती बज्यै कन्स्ट्रक्सनका सञ्चालक टकबहादुर घर्तीले डुगेश्वर गाउँपालिकासँग सडक स्तरोन्नति कार्यको अन्तिम बिल भुक्तानी लिन बाँकी थियो । सोही भुक्तानी मिलाइदिने बहानामा कर्मचारी टंकबहादुर कार्कीले १ लाख रुपैयाँ घुस मागेका थिए । घर्तीले सो रकम कार्कीलाई बुझाउँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको थियो ।

    अनुसन्धानको क्रममा र अख्तियारमा दिएको बयानमा घर्तीले कर्मचारीले घुस मागेको र आफूले दिएको स्वीकार गरेका थिए । तर मुद्दा अदालतमा पुगेपछि बकपत्र गर्ने क्रममा उनले आफ्नो पूर्ववत् बयान उल्ट्याउँदै प्रतिवादीको बचाउ गरेका थिए ।

    विशेष अदालतले सरकारी साक्षीको रूपमा प्राप्त हुने सजाय छुटको प्रावधानलाई घर्तीले उल्लङ्घन गरेको ठहर गरेको छ। होस्टाइल (बयान फेर्ने) साक्षीका रूपमा घर्तीलाई पनि घुस दिने कसुरमा दोषी मानिएको हो ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट