logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्वास्थ्य बीमा कार्यक्रमको दाबी वास्तविक समयमै गर्न बीमा बोर्डको निर्देशन

    स्वास्थ्य बीमा कार्यक्रमको दाबी वास्तविक समयमै गर्न बीमा बोर्डको निर्देशन

    637
    SHARES
    स्वास्थ्य बीमा कार्यक्रमको दाबी वास्तविक समयमै गर्न बीमा बोर्डको निर्देशन

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममार्फत् हुने ठगी नियन्त्रणका लागि सबै स्वास्थ्य संस्थाहरुलाई रियल टाइम (वास्तविक समय) मै सोधभर्ना विवरण पेश गर्न निर्देशन दिएको छ। बोर्डले सार्वजनिक सूचना जारी गर्दै बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थाहरुलाई एपिआई मार्फत् वास्तविक समयमै दाबी गर्न (सोधभर्ना माग्न) सक्ने प्राविधिक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।



     

    बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदायक स्वास्थ्य स‌ंस्थाहरूको दाबी प्रकृयालाई सहजीकरण गर्न र पारदर्शिता अपनाउनका लागि यस्तो प्रकृया लागू गर्न लागिएको जानकारी दिएको छ। बोर्डका अनुसार बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि आउने सेवाग्राहीका लागि प्रेषण पूर्जी जारी गर्ने समयमै र बिरामीको उपचारका लागि कुनै किसिमको स्वास्थ्य परिक्षण र औषधी उपलब्ध गराउने समयमै सम्बन्धित सेवाग्राहीको संकेत नम्बर खातामा बीमा दाबीवापतको विवरण पेश गर्नुपर्नेछ।

     

    बोर्डले स्वास्थ्य बीमा कार्यक्रम हालै मात्र सहभुक्तानी प्रणाली लागू गर्दै सेवाग्राहीले उपचारका लागि लाग्ने खर्चमा १० प्रतिशत रकम तत्कालै व्यहोर्नुपर्ने प्रावधान ल्याएको छ। यो प्रावधान पूर्ण रुपमा कार्यान्वयनमा आई सकेपछि अनावश्यकरुपमा प्रयोगशाला लगायतको परिक्षणका लागि चिकित्सकलाई दबाब दिने र स्वास्थ्य संस्थाले समेत फर्जी उपचारवापतको खर्च दाबी गर्ने प्रवृत्तीमा समेत अंकुश लगाउन सहयोग पुग्ने बोर्डको विश्वास छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट